सोमबार, जेष्ठ ४,२०८३ 02:56:11
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:56:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी

Laxmi Sunrise Bank Limited
आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजद्वारा हकप्रद जारी
Shivam Cement

काठमाण्डौ । आईपीओ निष्कासनको तयराीमा रहेको बुढानिलकण्ठ हेरिटेज लिमिटेडले हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।  

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २९.५६ प्रतिशत अर्थात १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यो हकप्रद सेयरमा माघ २ गतेसम्म आवेदन दिन सकिनेछ ।  

संस्थापक शेयरधनीहरुले उक्त मिति भित्र आफ्नो हक प्रति थान रु. १०० का दरले हुन आउने एकमुष्ट रकम कम्पनीको खाता रहेको नेपाल एसबीआई बैंकमा जम्मा गर्नु पर्नेछ । यो हकप्रद खरिदका लागि मंसिर १४ गतेसम्म कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।  

Bizshala
New Office
CG Motors

कम्पनीको गत मंसिर १४ गते सम्पन्न छैठौं बार्षिक साधारण सभाबाट १ः०२९५६ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो ।  

बुढानिलकण्ठ हेरिटेजले आफ्नो जारी पूँजीको १५ प्रतिशत अर्थात प्रतिसेयर अंकित मूल्य रु. १०० दरको १५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरिरहेको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  

विसं २०७५ सालमा प्रा।लि।को रुपमा दर्ता भई विसंं २०७८ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको बुढानिलकण्ठ हेरिटेज लिमिटेडको रजिष्टर्ड(केन्द्रीय) कार्यालय बुढानिलकण्ठ नगरपालिका–१ मा रहेको छ । संस्थापकहरुको रु. ८५ करोड लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्तापूँजी रु. १ अर्ब पुग्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

अन्तरराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ ।  

आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्स लिमिटेडलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.