सोमबार, असार २,२०८२ 12:43:54
  • सोमबार, असार २,२०८२ 12:43:54
Global IME Bank Limited

बिवाईडीको कार बिक्रीमा रेकर्ड,ब्याट्रीको तुलनामा हाईब्रिड कार बढी बिक्यो

Hyundai Nepal
बिवाईडीको कार बिक्रीमा रेकर्ड,ब्याट्रीको तुलनामा हाईब्रिड कार बढी बिक्यो
Nabil Bank Limited

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बिवाईडीले अगस्ट महिनामा रेकर्डतोड बिक्री गरेको छ । कम्पनीले अगस्ट महिनामा ३ लाख ७० हजार ८५४ युनिट कार बिक्री गरेको छ ।  

यो संख्या गत वर्षको तुलनामा ३० प्रतिशतले धेरै हो । ब्याट्री मात्रै भएको कारभन्दा पनि हाईब्रिड कारहरुको बिक्रीमा आएको उछालका कारण कम्पनीले रेकर्डतोड बिक्री गर्न सफल भएको जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ब्याट्रीबाट मात्रै चल्ले सवारीको बिक्री १२ प्रतिशतले बढेको छ भने हाईब्रिड सवारीको बिक्री ४८ प्रतिशतले बढेको छ ।  

बिवाईडीको बिक्रीमा उछाल आउँदा अन्य चिनियाँ नयाँ स्टार्टअप कम्पनीहरुको बिक्री भने घटेको छ । लि अटोले अगस्ट  महिनामा ४८ हजार १२२ युनिट सवारी डेलिभरी गरेको छ । जुन जुलाई महिनाको ५१ हजार युनिटको तुलनामा कम हो ।  

अर्को चिनियाँ कम्पनी आइटोको डेलिभरी पनि १० हजार युनिटले घटेदै ३१ हजार २१६ युनिटमा सीमित बनेको छ । हुवावेले ३५२.५ मिलियन डलरमा सेरेसलाई आइटो कम्पनीको ट्रेडमार्क र प्याटेन्ट बिक्री गरेको छ ।  

यस्तै नियोले अगस्ट महिनामा २० हजार १७६ युनिट कार बिक्री गरेको छ । जुन जुलाईमा कम्पनीले बिक्री गरेको २० हजार युनिटको तुलनामा केही बढी हो । एक्सपेङले यो अवधिमा १४ हजार ३६ युनिट कार बिक्री गरेको छ । जुन कम्पनीको हालसम्मकै उच्च मासिक बिक्री हो ।  

यस्तै जिकरले १८ हजार १५ युनिट कार बिक्री गरेको छ । जुन महिनामा भने कम्पनीले २० हजार २०६ युनिट कार बिक्री गरेको थियो । जिकरले यो महिना आफ्नो पहिलो एसयुभी लञ्च गर्ने जनाएको छ । जसको मूल्य टेस्लाको मोडल वाईको तुलनामा १४ सय डलर कम हुनेछ । अमेरिकामा सूचीकृत जिकरले यो वर्षको अन्त्यसम्म नयाँ एसयुभीलाई विश्वव्यापी रुपमा बिक्री गरिने जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.