मंगलवार, असार ३,२०८२ 11:29:04
  • मंगलवार, असार ३,२०८२ 11:29:04
Global IME Bank Limited

थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार

Hyundai Nepal
थकाली लङ्ग ग्रेन बास्मती चामल खरिदमा अब कार, मोटरसाइकल र अन्य उपहार
Nabil Bank Limited

काठमाण्डौ । सेञ्चुरी फुडको थकाली लङ्ग ग्रेन बास्मती चामलको हरेक बोरा खरिद गर्दा ग्राहकहरुले हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन्। आँउदो चाडपर्वको उपलक्ष्यमा थकाली लङ्ग ग्रेन बास्मती चामलले उक्त योजना ग्राहकहरु माझ लिएर आएको हो।

सो योजनाअन्तर्गत ग्राहकहरुकले हरेक चामलको बोरामा हात खाली नजाने गरी उपहारहरु पाउन सक्नेछन् भने भाग्यशाली ग्राहकहरुले चामलको बोरा खरिदमा मोटरसाइकल देखि कार सम्म पनि पाउन सक्नेछन्।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शनिबार थकाली लङ्ग ग्रेन बास्मती चामलले आयोजना गरेको डिलर्स मिट मार्फत उक्त योजनाको घोषणा गरेको हो। कम्पनीको अनुसार हरेक बोरा मा आकर्षक उपहारहरु राखिएका छन् भने माइक्रोवेभ ओभन, वासिङ्ग मेशिन, रेफ्रीजिरेटर, स्मार्टफोन, स्मार्टवाच का साथसाथै किचेन युटेन्सिल्स गरी विभिन्न प्रकारका उपहार ग्राहकहरुले‌ पाउन सक्नेछन्। साथसाथै केहि भाग्यशाली ग्राहकहरुले थकाली लङ्ग ग्रेन बास्मती चामलकोखरीदमा उपहार स्वरुप मोटरसाइकल र गाडी पनि पाउन सक्नेछन्।

 उक्त कार्यक्रम मार्फत नै कम्पनीले आफ्ना डिलरहरुको उल्लेखनीय योगदानको कदर गर्दै आफ्ना डिलर हरुलाई उनीहरुको दक्षता अनुसार थाइल्याण्ड, बाली तथा सिङ्गापुर भ्रमण लगायत एशियाकै लक्जरी क्रुजको आनन्द लिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। डिलरहरुको दक्षता र प्रतिवद्धता अनुसार डिलरहरुलाई थाइल्याण्ड वाबाली वा सिङ्गापुर भ्रमणमा पठाइने र साथसाथै उक्त भ्रमण अवधिभरको खाने–बस्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने सोही कार्यक्रम मार्फत कम्पनीले जनाएको छ। 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.