Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 04:28:07
Bizshala
Global IME Bank Limited

बजार सुधार कार्ययोजना तयार गर्दै अर्थमन्त्री, भने-'अर्थतन्त्र चलायमान बनाउन पूँजीबजार विश्वसनीय औजार'

Hyundai Nepal
बजार सुधार कार्ययोजना तयार गर्दै अर्थमन्त्री, भने-'अर्थतन्त्र चलायमान बनाउन पूँजीबजार विश्वसनीय औजार'
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्ययोजना ल्याउने तयारी गरेका छन् ।  

डा. वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसद र केही अगुवा लगानीकर्ताहरुको सहयोगमा पूँजीबजारलाई स्पष्ट सम्बोधन गर्ने गरी सुधार कार्ययोजना तयार गरिरहेका हुन् ।  

बालेन शाह नेतृत्वमा सरकार बनेपछि लगातार घटेर बजारको माहौल बिग्रिएसँगै रास्वपाकै केही नेताहरुले बजारका लगानीकर्ताको आवाज अर्थमन्त्रीसम्म पुर्याएका थिए । उनीहरुले सरकारले लगानीकर्ताहरुले थाहा पाउने गरी पूँजीबजारको समस्या समाधानका लागि सम्बोधन गर्नुपर्ने भन्दै ब्याक टू ब्याक अर्थमन्त्रीसँग सम्वाद गरिरहेका छन् । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सो क्रममा अर्थमन्त्रीले सुधार कार्ययोजनाको विषयमा सुझाव मागेका र सोहीअनुसार विभिन्न ठाउँबाट सुधार कार्ययोजनाका बुँदाहरु मन्त्रालय पुगेका छन् ।  

अर्थमन्त्रालयस्थित उच्च स्रोतका अनुसार पूँजीबजार सुधारका लागि हालसम्म १४ वटा बुँदा तयार भएका छन् । त्यसमा केही थपेर आजभोलि नै अर्थमन्त्रीले कार्यान्वयनका लागि वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई निर्देशन गर्ने तयारी भइरहेको बुझिएको छ ।  

'अर्थमन्त्री ज्यूले वित्तीय क्षेत्र व्यवस्थापन विभागका कर्मचारीलाई बोलाएर पूँजीबजार सुधार योजना कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लगायतका सरोकारवाला निकायलाई छलफलमा बोलाउन निर्देशन दिइसक्नुभएको छ ।' वाग्ले निकट स्रोतले भन्यो- 'सेयर बजारप्रति अर्थमन्त्री ज्यू सकारात्मक हुनुहुन्छ । अनावश्यक हल्लाको पछि लगानीकर्ता नलागिदिए राम्रो हुन्थ्यो ।'  

बिजशालाको सम्पर्कमा आएर कुराकानी गरेका रास्वपाका केही सांसदहरुले डा. वाग्ले पूँजीबजारका लागि हालसम्मकै सहज अर्थमन्त्रीको रुपमा आफूहरुले पाएको दाबी गरेका छन् ।  

'अर्थमन्त्रीसँग हाम्रो पटक-पटक कुरा भएको छ । उहाँले निजी क्षेत्रको मनोबल उच्च बनाउन सुरुमै आफूले १५ वटा ऐन खारेजीको निर्णय गरिदिएको र बाँकी काम पनि गरिरहेको भन्नुभएको छ ।' एक सांसदले भने-'अर्थतन्त्र चलायमान बनाउनका लागि पूँजीबजार विश्सनीय औजार हो भन्ने कुरामा उहाँ क्लियर हुनुहुँदो रहेछ । सरकारको १०० कार्यसूचिको ४५ नम्बर बुँदाको अपव्याख्या गरी बजारमा त्रास सिर्जना गरिएको उहाँको निश्कर्ष देखियो ।'  

ती सांसदले गलत गर्नेहरुलाई राज्यले नियमनमा ल्याउने विषयलाई ट्वीस्ट गरी सेयर लगानीकर्तालाई तर्साउने काम गरिएको समेत दाबी गरे ।  

'हाम्रो पार्टीले चुनावी बाचापत्रमै पनि स्पष्ट भनिसकेको छ । त्यसलाई बिर्सिएर एउटा बुँदाको अपव्याख्या गर्नेको पछि लाग्ने गल्ती लगानीकर्ताले नगरेको भए हुन्थ्यो ।'-ती सांसदले भने ।

उता, रास्वपाकै केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन्द्र शाहसँग निकट लगानीकर्ता रोहन कार्कीले पनि ४५ नम्बर बुँदाको गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाएका छन् । बिजशालासँग कुरा गर्दै उनले भने- 'चुनावी बाचापत्रमा गरिएको प्रतिबद्धताभन्दा दायाँबायाँ केही हुँदैन । हाम्रो पार्टीको उच्च प्राथमिकतामा पूँजीबजार छ । अनावश्यक हल्लाको पछि लागेर आत्तिने काम कसैले गर्नुहुँदैन ।' 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, अर्थमन्त्री निकट स्रोतबाट प्राप्त बजार सुधार कार्ययोजनाका केही बुँदा यस्ता छन्:

१. नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गर्न गठित समितिको सिफारिस बमोजिम पुनः संरचनाको स्पष्ट खाकासहित आवश्यक निर्णय गर्न अर्थ मन्त्रालयले १५ दिन भित्रमा मन्त्रिपरिषदमा प्रस्ताब लैजाने ।

२. सार्वजनिक निश्काशन कार्यविधि निर्माण गरेर मात्र अब नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निश्काशनको स्वीकृति दिने।

३. नेपाल धितोपत्र बोर्डको पुनः संरचना गर्न र धितोपत्र ऐन २०६३ माथि संशोधन गर्न अर्थ मन्त्रालयले १५ दिन भित्र कार्यदल गठन गर्ने ।

४. नेप्सेले पेश गरेको साना तथा मझौला कम्पनीहरुको कारोबार हुने एसएमई प्लेटफर्म सम्बन्धी नियमहरु नेपाल धितोपत्र बोर्डबाट तीन दिन भित्र स्वीकृत गरी १५ दिन भित्रमा एसएमई प्लेटफर्म संचालनमा ल्याउने ।

५.विदेशमा रहेका नेपाली र अन्य ब्यस्त पेशा ब्यवसायमा संलग्न लगानीकर्ताहरुले नेप्सेको नियमित कारोबार समयमा खरिद बिक्री आदेश राख्न नसक्ने समस्या समाधान गर्न नेप्सेले गरेको नीतिगत ब्यवस्थालाई नेपाल धितोपत्र बोर्डले तीन भित्र स्वीकृत गरी अफलाईन आदेश राख्नसक्ने ब्यवस्था तत्काल गर्ने ।

६. लगानीकर्ताले आफ्नो युजरआईडी र पासवर्ड प्रयोग गरी कारोबार ब्यवस्थापन प्रणालीबाट गरेको सेयर बिक्रीको स्वतः ईडिआईएस हुने गरी धितोपत्र बोर्ड, नेप्से र सीडीएससीले आबश्यक ब्यवस्था मिलाई ५ दिन भित्र कार्यान्वयनमा ल्याउने ।

७. सेयर दलालमार्फत मार्जिन कारोबार ५ दिन भित्र शुरु गर्ने र मार्जिन कारोबार संचालनको स्वीकृति माग गर्ने दलालहरुलाई नेप्सेले तत्काल स्वीकृति दिने ।

८. लगानीकर्ताले धितोपत्र बोर्ड, नेप्से र सीडीएससीमा गरेको कुनै उजुरी वा गुनासोको तीन दिन भित्र सुनुवाई हुने वा नहुने कारण खोली जुन माध्यमबाट उजुरी वा गुनासो आएको हो, सोही माध्यमबाट सरोकारवालालाई जवाफ दिने गरी ५ दिन भित्र संयन्त्र बिकास गरेर कार्यान्वयनमा ल्याउने ।

९. सेयर लिलामको अनलाईन बिडिड. प्रणाली निमार्ण गरी ३० दिन भित्र सीडीएससीले कार्यान्वयनमा ल्याउने ।

१०. कम्पनीहरुको साधारणसभा भिडियो कन्फरेन्सको आधारमा समेत हुने र प्रस्ताबहरु पारित गर्ने र संचालक निर्वाचनका लागि अनलाईन भोटिड.का लागि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले आबश्यक ब्यवस्था मिलाउने ।

११. धितोपत्र बोर्ड, नेप्से, बीमा प्रााधिकरण र सीडीएससीका संचालक तथा कर्मचारीहरुले आफ्नो सम्पति विवरण १५ दिन भित्र सम्बन्धित कार्यालय प्रमुख मार्फत अर्थ मन्त्रालयमा पठाउनु पर्ने ।

१२. गैर आवासीय नेपालीहरुले दोस्रो बजारमा लगानी गर्ने कार्यविधि नेपाल धितोपत्र बोर्डले १५ दिन भित्रमा तयार पारेर सम्बन्धित निकायहरुको समन्वयमा कार्यान्वयनमा ल्याउने ।

१३. सूचीकृत लगानी कम्पनीहरुलाई आफ्नो जम्मा पोर्टफोलियोको ५० प्रतिशत दोस्रो बजारमा मार्जिन कारोबार योग्य कम्पनीहरुको सेयरमा लगानी गर्नसक्ने गरी नेपाल धितोपत्र बोर्डले तत्काल कार्य क्षेत्र बिस्तार गर्ने ।

१४. सूचीकृत कम्पनीहरुले गत आर्थिक बर्षको बार्षिक साधारण चालु आर्थिक बर्षको अन्त्यसम्म पनि नगरेको भए सम्बन्धित कम्पनीका संचालक र प्रमुख कार्यकारीहरुलाई ब्यक्तिगत रुपमा ब्ययभार पर्ने गरी जनही एक लाख जरिवाना गर्ने र सो रकम लगानीकर्ता संरक्षण कोषमा दाखिल गर्न नेपाल धितोपत्र बोर्डले आबश्यक ब्यवस्था मिलाउने ।

Global IME Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.