आईतवार, असार १,२०८२ 11:05:03
  • आईतवार, असार १,२०८२ 11:05:03
Global IME Bank Limited

हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म प्रदान गरिने

Hyundai Nepal
हिमालयन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८६ रुपैयाँसम्म प्रदान गरिने
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा न्युनतम १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।  

कम्पनीले सावधिक बीमालेख(GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP,PSB & PSW) ९ वर्षे अवधिका लागि २७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ६४ रुपैयाँ बोनस दर कायम गरेको छ।  

यस्तै सावधिक तथा आजीवन बीमालेख (पीजेएस)अन्तर्गत ९ वर्षे अवधिका लागि ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ बोनस दर निर्धारण गरेको छ।  

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि कुनै पनि दर तोकेको छैन, १० देखि १४ वर्ष अवधिका लागि ५६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७१ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ८६ रुपैयाँ बोनस दर कायम गरेको ।

जीवन उपहार(अग्रिम भुक्तानी) बीमालेख अन्तर्गत १६ वर्षे अवधि सम्मका लागि ४८ र जीवन उपहार(सावधिक) बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ३२ रुपैयाँ बोनसदर तोकिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सावधिक जीवन बीमालेख अन्तर्गत(११,१४,१६,१७,१८,१९,२० र २१)९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४९ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७६ रुपैयाँ बोनस दर कायम भएको छ ।  

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत(१३) ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७३ रुपैयाँ बोनस दर कायम गरेको छ ।  

यस्तै अग्रिम भुक्तानी सावधिक(१०,१२ र १५) बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ निर्धारण गरिएको छ ।  

वार्षिक नगद फिर्ता बीमालेख अन्तर्गत(२३ र २४) कम्पनीले १४ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ र २० देखि २४ वर्षका लागि ४१ रुपैयाँ कायम गरेको छ ।  

सुरक्षित भविष्य जीवन बीमा(२८) अन्तर्गत १४ वर्षे अवधिका लागि १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २३ रुपैयाँ, २० देखि २४ वर्षका लागि २९ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।  

सुरक्षित भविष्य जीवन बीमा(२८) योजना अन्तर्गत १४ वर्षे अवधिका लागि १८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २३ रुपैयाँ, २० देखि २४ वर्षका लागि २९ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।  

यसैगरी कम्पनीले ३० वर्ष जीवन रक्षक बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र वा सो भन्दा माथिका लागि ७० रुपैयाँ निर्धारण गरिएको छ ।  

सावधिक तथा बालबच्च सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ निर्धारण गरिएको छ ।  

सीमित भुक्तानी जीवन बीमा योजना(एकल) अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३२ रुपैयाँ, २० र २४ वर्षका लागि ३५ रुपैयाँ र२५ र सो भन्दा माथिका लागि ४५ रुपैयाँ  कायम गरिएको छ ।  

सीमित  भुक्तानी(सावधिक) जीवन बीमा योजना अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० र २४ वर्षका लागि ४३ रुपैयाँ र२५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ  कायम गरिएको छ ।    

सावधिक तथा आजीवन बीमालेख योजना ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७४ रुपैयाँ कायम भएको छ ।  

सीमित भुक्तानी सावधिक तथा आजीवन बीमालेख अन्र्तगत सबै अवधिका लागि ५० रुपैयाँ कायम गरिएको छ । वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३३ रुपैयाँ निर्धारण भएको छ ।  

अग्रिम भुक्तानी तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि २४ रुपैयाँ, १५ देखि १९ वर्षका लागि २७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३० रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ४१ रुपैयाँ तोकिएको छ ।  

जीवन आधार जीवन बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५० रुपैयाँ, जीवन सम्पन्न बीमा योजना अन्तर्गत सबै अवधिका लागि ५३ रुपैयाँ,जीवन उत्थान बीमा योजना अन्तर्गत सबै अवधिक लागि ४० रुपैयाँ र जीवन आवरण बीमा योजना अन्तर्गत सबै अवधिका लागि ४३ रुपैयाँ निर्धारण गरिएको छ ।  

यस्तै बालबच्चा सावधिक जीवन बीमा योजना अन्तर्गत ९ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ तोकिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.