सोमबार, जेष्ठ ४,२०८३ 12:13:00
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 12:13:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेप्टेम्बर महिनामा विगत ४ वर्षकै धेरै पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?

Laxmi Sunrise Bank Limited
सेप्टेम्बर महिनामा विगत ४ वर्षकै धेरै पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
Shivam Cement

काठमाण्डौ । सेप्टेम्बर महिनामा ९६ हजार ३०५ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अगस्ट महिनाको तुलनामा बढी हो ।  

अगस्ट महिनामा नेपालमा ७२ हजार ९१९ पर्यटक नेपाल आएका थिए ।  

सेप्टेम्बर महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या विगत ४ वर्षको वर्षकै उच्च हो । सन् २०२३ को सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०२२ मा ५८ हजार ३१४,सन् २०२१ मा ९ हजार ९०७ र सन् २०२० मा ५ हजार ८४ जना पर्यटकको नेपाल आगामन भएको थियो ।  

Bizshala
New Office
CG Motors

सन् २०२४ को सेप्टेम्बर महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएको छन् । यो महिना २२ हजार ९८४ भारतीय पर्यटक नेपाल आएको तथ्यांकले देखाउछ । यो संख्या सन् २०२३ को सोही अवधिको तुलनामा १९ प्रतिशतले कम हो । सन् २०२३ को सेप्टेम्बर महिनामा २८ हजार ६९४ भारतीय पर्यटक नेपाल आएका थिए ।  

यस्तै यो महिना सबैभन्दा धेरै पर्यटक नेपाल आउनेमा अमेरिकी पर्यटक दोस्रो स्थानमा रहेका छन् । अमेरिकाबाट सेप्टेम्बर महिनामा १० हजार ८४ पर्यटक नेपाल आएका छन् । यस्तै चीनबाट ८ हजार ४२, अस्ट्रेलिया ५ हजार ३८, बेलायत ४ हजार ४९३ र बंगलादेश ४ हजार १०३ पर्यटक नेपाल आएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसैगरी जर्मनीबाट २ हजार ७०४, दक्षिण कोरिया २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० पर्यटक आएका छन् ।  

यो वर्षको जनवरी महिनामा ७९ हजार १ सय,फेब्रुअरीमा ९७ हजार ४२६,मार्च महिनामा १ लाख २८ हजार १६७, जुन महिनामा ७६ हजार ७३६, अप्रिल महिनामा १ लाख ११ हजार ३७६ जना, मे महिनामा ९० हजार २११ जुन महिनामा ७६ हजार ७३६ जुलाईमा ६४ हजार ५९९ पर्यटक नेपाल आएका थिए ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.