मंगलवार, असार ३,२०८२ 04:26:30
  • मंगलवार, असार ३,२०८२ 04:26:30
Global IME Bank Limited

रवि लामिछानेसहित ३ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

Hyundai Nepal
रवि लामिछानेसहित ३ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
Nabil Bank Limited

काठमाण्डौ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ । जिल्ला अदालत, कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको आजको इजलासले रविसहित पूर्व डीआईजी छविलाल जोशी र लिला पछाईलाई थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

बिहीबार ३ जनालाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरिएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बिहीबार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र विपिनराज तिवारी तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरूलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए । लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ गरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.