बिहीबार, असार १८,२०८३ 11:49:17
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:49:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खुद बीमाशुल्कसँगै बढ्यो हिमालयन रि इन्स्योरेन्स नाफा, रिटेन्ड अर्निङ ५६.४३ करोड

Laxmi Sunrise Bank Limited
खुद बीमाशुल्कसँगै बढ्यो हिमालयन रि इन्स्योरेन्स नाफा, रिटेन्ड अर्निङ ५६.४३ करोड

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद बीमाशुल्क आर्जन बढेसँगै नाफा समेत बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ९२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहीअवधिको तुलनामा १०.९५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ८३ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

कम्पनीको खुद नाफा पनि २९.२२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा यो रकम १७ करोड ५२ लाख रुपैयाँमा सीमित थियो ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिमा कम्पनीको खर्च भने बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ८८ करोड ७१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । जुन अघिल्लो आवको ७६ करोड ४३ लाखको तुलनामा १५.५९ प्रतिशतले बढी हो । कम्पनीले यो अवधिसम्म ४९ करोड ७२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४३ करोड ७२ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको थियो ।  

कम्पनीले १ अर्ब २४ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । कम्पनीको महावित्तपी कोषको आकार १ अर्ब ३० करोड रुपैयाँबराबर रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कम्पनीको रिटेन्ड अर्निङको आकार पनि ५६ करोड ४३ लाखबाट बढेर ८१ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ८.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.१६ रुपैयाँ र पीई अनुपात १०३.५६ गुणा कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.