आईतवार, असार १,२०८२ 11:28:26
  • आईतवार, असार १,२०८२ 11:28:26
Global IME Bank Limited

गुगललाई झट्का दिने तयारीमा अमेरिका, बेच्नु पर्ने हुनसक्छ क्रोम

Hyundai Nepal
गुगललाई झट्का दिने तयारीमा अमेरिका, बेच्नु पर्ने हुनसक्छ क्रोम
Nabil Bank Limited

काठमाण्डौ । गुगललाई अमेरिकी जस्टिस डिपार्टमेन्टले झट्का दिन सक्ने भएको छ । जस्टिस डिपार्टमेन्टले गुगलको माउ कम्पनी अल्फाबेटलाई आफ्नो ब्राउजर ‘क्रोम’ बिक्री गर्न बाध्य पार्न सक्ने जनाइएको छ ।  

यसको मुख्य कारण भनेको गुगलका विरुद्ध गत अगस्ट महिनामा आएको एउटा फैसला हो । जसमा अदालतले गुगलले बजारमा आफ्नो एकाधिकार कायम गरेको जनाएको थियो ।  

यसका साथै एआई र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका बारेमा समेत डिपार्टमेन्टले महत्वपूर्ण कदम लिन सक्ने जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यदि यी सबै विषयमा गुगलविरुद्ध फैसला हुन्छ भने यो कुनैपनि प्रविधि कम्पनीविरुद्धको सबैभन्दा ठूलो कदम हुनेछ । अगस्ट महिनामा आएको फैसलामा अदालतले गुगललाई एन्टी–ट्रस्ट नियम उल्लंघनमा दोषि ठहर गरेको थियो । गुगलले सर्च तथा विज्ञापन मार्केटमा आफ्नो एकाधिकारका गलत फाइदा उठाएको अदालतले जनाएको थियो ।    

वर्तमान ग्लोबल ब्राउजर मार्केटलाई हेर्ने हो भने गुगल क्रोमको ६५ प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै एप्पल सफारीको बजार हिस्सा २१ प्रतिशत रहेको छ । गुगलले एन्ड्रोइड ओएसलाई लिएर पनि ठूलो निर्णयको सामना गर्नु पर्ने हुन सक्छ । रिपोर्टका अनुसार गुगलले एन्ड्रोइड ओएसलाई आफ्नो अन्य सेवाबाट अलग गर्नुपर्ने हुन पनि सक्छ । यसमा सर्च तथा गुगल प्ले मोबाइल सेवा छन् ।  

क्रोम गुगलको एक महत्वपूर्ण हिस्सा हो । यसको माध्यमबाट कम्पनीले ठूलो आम्दानी गर्ने गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.