बुधबार, असार ११,२०८२ 10:14:05
  • बुधबार, असार ११,२०८२ 10:14:05
Global IME Bank Limited

नागरिक लगानी कोषले पेन्सन योजनामा सहभागीलाई सेयरकर्जा पनि उपलब्ध गराउने

Hyundai Nepal
नागरिक लगानी कोषले पेन्सन योजनामा सहभागीलाई सेयरकर्जा पनि उपलब्ध गराउने
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनामा सहभागीहरुलाई अब सेयर कर्जा पनि उपलब्ध गराउने भएको छ । नागरिक लगानी कोषकी सञ्चालिका शोभा श्रेष्ठ सुबेदिले दिएको जानकारी अनुसार गत साता मात्रै यस्तो ऐन नागरिक लगानी कोषबाट पारित भएको हो ।  

हाल नगारिक लगानी कोषको पेन्सन योजनामा ७ लाख भन्दा बढी सहभागी रहेका छन् । यस योजनामा सहभागीहरुले नागरिक स्टक डिलरमा डीम्याट खाता खोल्नु पर्ने हुन्छ । नगारिक स्टक डिलरमा खाता भएका र नागरिक पेन्सन योजनमा सहभागिहरुले सेयर किन्न अब नागरिक लगानी कोषले सेयर कर्जा पनि दिने छ । श्रेष्ठले दिएको जानकारी अनुसार यो प्रक्रियाका लागि नेपाल स्टक एक्सचेञ्जको नियम अनुसारका कम्पनीहरुमा लगानीकर्ताहरुको धितोले धाने अनुसार ग्राहकलाई सेयर कर्जा दिइने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

‘भर्खर नीति नियम र कार्यविधि बनेको छ । अब हाम्रा कर्मचारीहरुलाई तालिम दिने र सिस्टममा पनि कस्टमाइजेसन गरे पछि यो अगाडी बढ्ने छ,’ श्रेष्ठले भनिन् । हाल कति प्रतिशत ब्याजमा के कति कर्जा प्रवाह गर्ने भन्ने बिषय भने स्पष्ट नभएको पनि उनले जानकारी दिइन् । यस अघि नागरिक लगानीकोषले आफ्नो योजनामा सहिभागिहरुलाई होम कर्जा तथा अन्य खालका कर्जा पनि उपलब्ध गराँउदै आएको थियो ।  

अब भने सेयर लगानीकर्ताहरुलाई आकर्षित गर्ने गरि सेयर कर्जा पनि उपलब्ध गर्न लागेको नागरिक लगानी कोषका पूँजीबजार शाखा प्रमुख नारायण प्रसाद घिमिरेले जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.