शनिबार, जेष्ठ २,२०८३ 06:18:33
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:18:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

यस्ता छन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षका चुनौति र अवसर, कसरी आए सेबोन ?

Laxmi Sunrise Bank Limited
यस्ता छन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षका चुनौति र अवसर, कसरी आए सेबोन ?
Shivam Cement

काठमाण्डौ । धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त भएको १ वर्षको लामो समयको रस्साकस्सीपछि सरकारले अन्ततः अध्यक्ष नियुक्त गरेको छ ।  

गत पुस २० गते धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि सरकारले सोमबारको मन्त्रिपरिषदको बैठकबाट अध्यक्ष नियुक्ति गरेको हो ।  

को हुन् सन्तोषनारायण श्रेष्ठ ?

पश्चिम नेपालको पाल्पा जिल्ला स्थायी घर भएका श्रेष्ठ नेपाली काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्य चोपनारायण श्रेष्ठका छोरा हुन् । बिचारधाराका आधारमा श्रेष्ठ नेपाली काङ्ग्रेस निकट मानिन्छन् ।  

श्रेष्ठ केही समय पहिले नेपाल एक्सप्रेस फाइनान्स तथा स्वाभिमान लघुवित्तका अध्यक्ष समेत भएका थिए । श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा अध्यक्ष भएर काम गरेको समेत अनुभव रहेको छ ।  

Bizshala
New Office
CG Motors

कसरी आए धितोपत्र बोर्डमा ?

स्रोतकाअनुसार श्रेष्ठ दीपक भट्टका दाई तथा पूर्व लगानी बोर्डका सीईओ सुशिल भट्टका क्लासमेट हुन् । यहीकारण यिनी भट्ट दाजुभाइसँगको विश्वासिला पात्र बनेका छन् ।  

भट्ट समूहले लामो समयदेखि विभिन्न पार्टी र नेताहरुसँग बिचौलियाको काम गर्दै आएको छ । यसअघि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमाललाई पनि यही समूहले अध्यक्ष बनाएको थियो ।  

यस्ता छन् अवसर र चुनौति

धितोपत्र बोर्डमा अहिले चुनौतिका चाङ र अवसरको खानी देखिन्छ । नवनियुक्त अध्यक्ष श्रेष्ठलाई सबैभन्दा पहिलो चुनौति भनेको धितोपत्र बोर्डभित्र नै आफ्ना प्रतिस्पर्धीलाई मिलाएर लैजानु हुनसक्छ । किनकी बोर्ड भित्रबाट नै बोर्ड अध्यक्षका लागि २ जना आकांक्षी थिए । उनीहरु बोर्डका पुराना र अनुभवी व्यक्ति समेत रहेका कारण उनीहरुको सहयोगबिना श्रेष्ठलाई काम गर्न सहज हुनेछैन ।  

त्यसैगरी, नेपाल स्टक एक्चेञ्जसँगको समन्वय पनि उनका लागि चुनौति हुनसक्छ । अहिलेसम्मको इतिहास हेर्दा नेप्से र धितोपत्र बोर्डबीच अक्सर लफडा नै परेको देखिन्छ । पछिल्लोपटक तत्कालीन अध्यक्ष रमेशकुमार हमालले नेप्सेको अधिकार नै कटौति गरेपछि भने सेबोनका अध्यक्ष र नेप्सेका सीईओबीच पानी बाराबारको अवस्था सिर्जना भएको थियो ।  

नवनियुक्त अध्यक्ष श्रेष्ठ नयाँ स्टक एक्सचेञ्ज ल्याउने शर्तमा धितोपत्र बोर्डमा आएकाले अझै पनि त्यस्तो अवस्था आउनसक्ने सम्भावना देखिन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै, बजारमा चलेका केही अस्वभाविक चलखेललाई नियन्त्रण गर्नु पनि श्रेष्ठको अर्को चुनौति हुनसक्छ । बजारमा सूचना र प्रविधिको विकास तथा इन्साइडर ट्रेडिङ नियन्त्रण गर्ने अर्को चुनौति देखिन्छ ।  

त्यसैगरी, अर्थमन्त्रालय तथा कानून मन्त्रालयबाट बोर्डलाई स्वतन्त्र  बनाउनु र यसअघिका अध्यक्षले धितोपत्र बोर्डको जग्गा खरिदमा फसाएको करोडौं रुपैयाँको टुंगो लगाउनु पनि चुनौतिका रुपमा देखिन्छन् ।  

श्रेष्ठसामु प्रशस्तै अवसरहरु छन् । श्रेष्ठले विदेशी लगानी भित्र्याउने , नयाँ स्टक एक्चेञ्ज ल्याउने तथा नयाँ प्रडक्ट, डेरिभेटिभ बजार तथा कमोडिटी बजार ल्याउने जस्ता विषयहरुलाई अवसरको रुपमा परिणत गर्न सक्छन् । तर यसका लागि नैतिकवान हुन र बिचौलियाको प्रतिनिधिको रुपमा लागेको आरोप चिर्नु पनि आवश्यक हुन्छ ।  

अहिले बलियो सरकारले बनाएको अध्यक्ष भएको कारण उनले आफ्नो कार्यकाललाई अवसरको रुपमा रुपान्तरण गर्नसक्छन् ।  

यसअघिका २ वटा अध्यक्ष नै विवादित भएको ठाउँमा बस्दै गर्दा यिनले कसरी आफूलाई जोगाउँछन त्यो मूख्य चुनौति हुनेछ ।  

आगामी दिनमा श्रेष्ठले के कसरी कदम चाल्छन्, कति सन्तुलित ढंगले आफ्नो कुर्सीको इज्जत धान्ने गरी कामहरु अगाडि बढाउँछन् भन्ने विषयले समेत उनको भविष्य निर्धारण गर्छ । रमेश हमाल अध्यक्षको रुपमा विदा हुँदै गर्दा उनीमाथि लागेको भ्रष्टाचारको आरोप, उनीविरुद्ध अख्तियारमा परेका उजुरीहरु लगायतका विषयलाई उनले बिर्सनुहुन्न । भीष्म ढुंगाना त अझ सर्वोत्तम सिमेन्टको सेयर अनधिकृत रुपमा लिएको पुष्टिसँगै बर्खास्तीमा परेका विषयलाई पनि उनले भूल्नुहुँदैन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.