मंगलवार, असार १०,२०८२ 09:24:03
  • मंगलवार, असार १०,२०८२ 09:24:03
Global IME Bank Limited

फाइनान्सहरुको नाफामा सुधार, ५ कम्पनी अझै घाटामा, जानकीको प्रफिट ८९३.१६% ले वृद्धि

Hyundai Nepal
फाइनान्सहरुको नाफामा सुधार, ५ कम्पनी अझै घाटामा, जानकीको प्रफिट ८९३.१६% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनासम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा २९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।  

गत आर्थिक वर्षको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरु समग्रमा १५ करोड २१ लाख रुपैयाँ घाटामा थिए । आर्थिक मन्दीका कारण व्यवसाय ग्रोथ हुन नसकेपनि राष्ट्र बैंकले दिएको सहुलियतका कारण रिकभरीमा सुधार हुँदा अधिकांश फाइनान्स कम्पनीले नाफामा सुधार गरेका हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षको ४ महिनासम्ममा ८ वटा फाइनान्स कम्पनी घाटामा रहेकोमा चालु आवको सोही अवधिसम्ममा भने ५ वटा फाइनान्स मात्रै घाटामा छन् । गत आवको कात्तिम मसान्तसम्म घाटामा रहेका सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, गुडविल फाइनान्स र प्रोग्रेसिभ फाइनान्स चालु आवको यस अवधिसम्म नाफामा उक्लिएका छन् ।  

समिक्षा अवधिसम्म नाफामा रहेका १० वटा फाइनान्स मध्ये पनि गोर्खाज फाइनान्स बाहेक सबै कम्पनीले उल्लेख्य नाफा बढाउन सफल भएका छन् ।  

चालु आवको ४ महिनासम्ममा सर्वाधिक प्रोग्रेसिभ फाइनान्सले १५ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्म फाइनान्स १० करोड २० लाख रुपैयाँ घाटामा थियो ।  

त्यस्तै, मन्जुश्री फाइनान्सले १५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३४।६५ प्रतिशत बढी हो । गत आवको ४ महिनामा कम्पनीले ११ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

यसका साथै आइसीएफसी फाइनान्सले ८ करोड ४५ लाख, जानकी फाइनान्सले ७ करोड ५४ लाख, गुडविल फाइनान्सले ५ करोड ६३ लाख, सेन्ट्रल फाइनान्सले ५ करोड ८ लाख, गोर्खाज फाइनान्सले ३ करोड ६१ लाख, मल्टीपर्पस फाइनान्सले २ करोड ४२ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सले ८८ लाख रुपैयाँ र नेपाल फाइनान्सले ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सो अवधिसम्म ५ वटा फाइनान्स कम्पनी भने घाटामा रहेका छन् । सबैभन्दा धेरै घाटा गुहेश्वरी मर्चेन्ट बैकिङ्गले व्यहोरेको छ । कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले ५ करोड ३१ लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

त्यस्तै, रिलायन्स फाइनान्सले १० करोड ५५ लाख रुपैयाँ, पोखरा फाइनान्सले ६ करोड ४२ लाख रुपैयाँ, समृद्धि फाइनान्सले २ करोड ६३ लाख रुपैयाँ र वेष्ट फाइनान्सले २ करोड ३३ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा धेरै नाफा ग्रोथ गर्नेमा जानकी फाइनान्स रहेको छ । कम्पनीले ८९३।१६ प्रतिशतले नाफा बढाएको छ । गत आवको सोही अवधिसम्म ७६ लाख रुपैयाँ नाफा कमाएको जानकीले चालु आवको यस अवधिसम्म ७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यस्तै, आइसीएफसीको ३३८.९२ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १९५.३५ प्रतिशत, मल्टीपर्पस फाइनान्सको १७७.९८ प्रतिशत र मन्जुश्री फाइनान्सको ३४.६५ प्रतिशतले नाफा बढेको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.