नाडा र भन्सार विभागबीच आगामी बजेटबारे छलफल
काठमाण्डौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) र भन्सार विभागबीच आगामी बजेटबारे छलफल भएको छ । चैत्र ६ गते बुधबार नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।