कृषि विकास बैंकको कर्मचारी दरखास्त आह्वानमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले रिक्त रहेको पदपूर्तिका लागि गरेको कर्मचारी दरखास्त आह्वानमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ११ गते विभिन्न पदका लागि ११२ जना कर्मचारी माग गरेको थियो । बैंकले खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।