मंगलवार, जेष्ठ ५,२०८३ 04:43:23
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:43:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण अब भदौमा मात्र आउने

Laxmi Sunrise Bank Limited
बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण अब भदौमा मात्र आउने
Shivam Cement

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण भदौ पहिलो साता मात्र प्रकाशन गर्ने भएका छन् ।  

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०-८१ को आम्दानीको रुपमा बाँध्न पाउने व्यवस्था गरेपछि चौथो त्रैमासको वित्तीय विवरण भदौमा मात्र आउने भएको हो । 

Bizshala
New Office
CG Motors

हाल बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गतेसम्ममा २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज आर्थिक वर्ष २०८० ८१ मा आम्दानी बाँध्न पाउने थिए । तर, यो व्यवस्थामा केन्द्रीय बैंकले थप १५ दिनको सुविधा थप गरिदिएको हो ।  

योसँगै बैंकरहरु साउन मसान्तसम्म नै अघिल्लो आर्थिक वर्षको रिकभरिमा व्यस्त हुनेछन् । जसका कारण थप समय पाई बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी बढ्ने र यसले उनीहरुको वित्तीय स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।  

नेपाल बैंकर्स संघले मौद्रिक नीति निर्माणका क्रममा सुझाव दिंदा साउन ३० गतेसम्म प्राप्त ब्याजलाई आम्दानीमा बाँध्न पाउने व्यवस्था हुनुपर्ने विषयलाई प्राथमिकतामा राख्ने गरेको थियो ।  

केन्द्रीय बैंकले घोषणा गरेको यो सुविधालाई एकदुई दिनमै सर्कुलरमार्फत ल्याउनेछ ।  

राष्ट्रबैंकका एक अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरी भदौ पहिलो साताभित्र अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक रिपोर्ट प्रकाशन गर्न निर्देशन दिइनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.