सोमबार, श्रावण ११,२०८३ 01:37:54
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 01:37:54
Bizshala
Global IME Bank Limited

कर्फ्यु तोडेर आगजनी र तोडफोड भएपछि कप्तानगञ्जमा सेना परिचालन

हतियारसहित सेनाको टोली पुगेपछि अवस्था नियन्त्रणमा, गोलीकाण्डमा एक जनाको मृत्यु र २२ भन्दा बढी घाइते

कर्फ्यु तोडेर आगजनी र तोडफोड भएपछि कप्तानगञ्जमा सेना परिचालन
New Office

 

काठमाण्डौ ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु अवज्ञा गर्दै सोमबार बिहानदेखि प्रदर्शन चर्किएपछि अवस्था नियन्त्रणमा लिन सेनाको टोली घटनास्थलमा पुगेको हो। हतियारसहित नेपाली सेनाको टोली परिचालन भएपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले स्थिति सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए। प्रदर्शन प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त सुरक्षा उपस्थिति बढाइएको छ।

कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्।

घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गोलीकाण्डपछि जिल्लामा तनाव बढेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगञ्जसहित पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो।

तर, प्रशासनको आदेश उल्लङ्घन गर्दै विभिन्न स्थानमा प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो।

स्थानीय प्रशासनले कर्फ्यु लागू भएका क्षेत्रमा घरबाहिर ननिस्कन, भेला तथा प्रदर्शन नगर्न र उत्तेजना फैलाउने गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.