कुमारी बैंकको साधारणसभा सम्पन्न, को-को आए नयाँ सञ्चालकमा ?
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारणसभा २०८० साल माघ महिना २८ गते आइतबारका दिन काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय...