आईजीआई प्रुडेन्सियलले नेपाल पुनर्बीमाको २० लाख कित्ता सेयर बिक्रीमा राख्ने
काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ । कम्पनीले आगामी फागुन ८ गतेदेखि बोलकबोलमार्फत नेपाल पुनर्बीमा कम्पनीको संस्थापक बिक्रीमा राख्न लागेको हो ।

