सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्,‘बजारमा एनआरएनको लगानी भित्र्याउनुपर्छ’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.३१ अंक अर्थात ०.२५ प्रतिशतले घटेर २ हजार ०६१.७० बिन्दुमा सीमित भएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ३७३.३२ बिन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३०७ वटा कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब...

