४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा रिलायबल नेपाल लाइफ
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ८४ लाख ४ हजार ६१६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै सूचक घटेका छन् । जीवन बीमा समूह ०.९९ प्रतिशत र निर्जीवन बीमा समूह ०.५४ प्रतिशतले घटेको छ । जीवन...

