‘आइसिटी अवार्ड २०२४’ को शीर्ष प्रायोजकमा इन्ड्राइभ
काठमाण्डौ। लोकप्रिय राइड सेयरिङ प्लेटफर्म इन्ड्राइभ ‘आइसिटी अवार्ड २०२४’ को शीर्ष प्रायोजक बनेको छ । शीर्ष प्रायोजनका लागि आइसिटी अवार्ड र इन्ड्राइभबीच सहकार्य सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सँगै अब अवार्डको नाम ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ हुनेछ । इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुँदैछ ।

