मंगलवार, जेष्ठ ५,२०८३ 11:39:21
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:39:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बुटवलमा घर निर्माणसम्बन्धी परामर्श कार्यक्रम

Laxmi Sunrise Bank Limited
बुटवलमा घर निर्माणसम्बन्धी परामर्श कार्यक्रम
Shivam Cement

काठमाण्डौ । स्किल सेवा प्रालिले घर निर्माणसम्बन्धी एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ।  पुस ६ गते शनिबार दिउँसो ११ बजे मनिग्राम बिस्राम बाटिका होटल, बुटवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो।

घर निर्माण मात्र नभई समस्यारहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ। परामर्शको लागि स्किल सेवाको प्रमुख कार्यालयबाट सस्थापन समुह नै बुटवलमा हुनेछन् बुटवलमा बनेका  प्राय नयाँ घरहरूमा नै सिपेज,लिकेज र क्रयाक जस्ता समस्याहरू बढी देखिएकोले बुटवल जिल्लामा यस कार्यक्रम अयोजना गरिएको बुटवल शाखा प्रबन्धक दिक्षित केसीले बताए ।  

Bizshala
New Office
CG Motors

पछिल्लो समय घर निर्माण गर्नु हाम्रो सपना, मान सम्मान, प्रतिष्ठा र सौखको बिषय बनेको कम्पनीका बुटवल शाखा प्रबन्धक दिक्षित केसीले बताए। जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५ महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्या देखिने गरेका छन। यस्ता विषयवस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिनका लागि घरको डाक्टर उपनामले परिचित यस कम्पनीले परामर्श कार्यक्रम गर्न लागेको हो ।

घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिन सक्ने छन्। घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, घर निर्माण गर्दा हामीबाट हुने कमी कमजोरी एवम् प्रक्रियागत त्रुटिको बारेमा ध्यान नदिदा विभिन्न किसिमका जोखिमहरु आउने गरेका छन। यसको लागि घर निर्माण गर्नु पूर्व प्राविधिकको परामर्श लिनु आवश्यक पर्ने उनको भनाइ रहेको छ।

जग्गा छनौट, नक्सा पास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा ध्यान दिनु अति आवश्यक हुने गर्दछ। यदि हामीले घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौ भने यसले भविष्यमा ठुलो दुर्घटना निम्त्याउने गर्दछ।  

Garima Development Bank
Shivam Cement
IME remit

घर निर्माण प्राबिधक त्रुटि र मापदण्द प्रक्रीया बारे पनि यस कार्यक्रम मार्फत बुज्न सकिन्छ । प्राविधिकसँग परामर्श लिएर घर निर्माण गर्दा हामी सुरक्षित र दिगो निर्माण गर्न सक्छौ साथसाथै प्रक्रियागत त्रुटि रहित हुने भएकाले समस्या रहित घर निर्माण गर्न सकिन्छ। यसका अतिरिक्त प्राकृतिक विपद, हावाहुरी, घामपानीबाट पनि घर सुरक्षित बन्ने गर्दछ। बिगत ७ बर्ष देखि घरका बिभिन्न समस्याहरूको चेकजाँच र वारेन्टी सहित समाधान दिदैँ अइरहेको यस कम्पनीले समस्यारहित घर निमार्णका लागि यस्ता निशुल्क परामर्शहरू दिने गरेके छ, कम्पनीले ४० हजार भन्दा बढी घरहरूको चेकजाँच गरिसकको समेत संस्थापक महेश तिमिलिस्ना बताउछन् ।

त्यसैले यस परामर्श कार्यक्रमबाट घर बनाउदै गर्नुभएका अथवा बनाउन लाग्नु भएका सबै घरधनीहरूले प्रत्यक्ष लाभ लिन सकिन्छ तथापी यस कार्यक्रमको लाभ भने सुरूमा बुक गर्नुहुने मात्रै २५ जनाले सहभागी हुन पाइनेछ । परामर्श निशुल्क भएकाले सहभागी हुन इच्छुकहरूलाइ यथासिघ्र सिट बुक गराउन समेत अनुरेध गरेका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X