बाँसबारीदेखि बालमन्दिरसम्मको जग्गामा जोडिएकाहरुले कांग्रेस-एमाले मिलाए
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले केही समूह अप्ठ्यारोमा परेका कारण आफू नेतृत्वको सरकार अल्पमतमा परेको दाबी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले यस्तो दाबी गरेका हुन् । उनले विभिन्न ठूला प्रकरण तथा फाइलहरु खोल्न थालेपछि त्यससँग जोडिएका समूहहरुले कांग्रेस र एमालेलाई मिलाएको समेत उनको दाबी छ ।

