यूनाइटेड अजोड इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाल नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनीको स्वतनत्र विज्ञ सञ्चालकमा नियुक्त गरेको हो ।