आईतवार, जेष्ठ ३,२०८३ 12:07:09
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 12:07:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न

Laxmi Sunrise Bank Limited
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा नेपालभरी सम्पत्ति शुद्धीकरणसम्बन्धी तालिम सम्पन्न
Shivam Cement

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ । पुस २० गते बर्दिबासमा आयोजित कार्यक्रममा  बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारिहरु  र केहि विभागिय प्रमुखहरु समेतको सहभागितामा सो तालिम कार्यक्रम सञ्चालन गरिएको थियो ।

Bizshala
New Office
CG Motors

तालिम कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल ज्यूले प्रस्तुत गरेका थिए । उक्त तालिममा गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो । यस्तै सीईओ पौडेलले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए ।

Garima Development Bank
Shivam Cement
IME remit

गत साल झै यस २०८१ सालामा पनि कम्पनीले देशभरी विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी  यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौ र अन्तिम स्थान हो । 

यस भन्दा पहिले मङ्सिर २७ गते पुर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताहरुका लागी इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागी मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागी कार्तिक १० गते पोखरमा र असोज साथै मङ्सिर ६ गते दुइ पटक काठमाण्डौमा यस तालिम सम्पन्न गरिएको थियो । बर्दिबासमा सम्पन्न अन्तिम तालिम पश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपाल भरि सम्पन्न गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.