इन्धनको मूल्य घटेपछि अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो
काठमाण्डौ । अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घटाइएको छ। इन्धनको मूल्यमा आएको गिरावटलाई आधार मानेर यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो।विभागले सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि प्रचलित भाडादर पुनरावलोकन गरिएको जनाएको छ। सोहीअनुसार अन्तरप्रदेश सार्वजनिक सवारीसाधनमा लागू हुने यात्रु भाडा औसत २...

