जेन-जी आन्दोलनबाट भएको क्षतिमा बीमा दाबी : २३ अर्ब दाबीमध्ये ५ अर्ब ४८ करोड भुक्तानी
काठमाण्डौ । हालै भएको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिहरूबाट निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ३ हजार ३१६ वटा दाबीहरूको करिब २३ अर्ब ४७ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्म अग्रिम भुक्तानीसहित करिब ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकिएको छ। यो जानकारी बीमा प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा आधारित छ, जसमा १४ वटा निर्जीवन बीमा...

