काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी सम्बन्धी मागदर्शन संशोधन गर्ने भएको छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै दाबी भुक्तानी मार्गदर्शन संशोधन सुझाव उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।
प्राधिकरणबाट लागू गरिएको ‘दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०८१’ लाई समयानुकूल, व्यवहारिक तथा प्रभावकारी बनाउन आवश्यक भएकाले उक्त मार्गदर्शनमा संशोधन गर्न आवश्यक देखिएका विषय, व्यवस्था, प्रक्रिया तथा प्रावधान सम्बन्धमा स्पष्ट सुझाव पेश गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले स्पष्ट सुझाव १५ दिनभित्र उपलब्ध गराउन सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा, सर्भेयर, बीमा, अभिकर्ता, बीमित तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सम्बन्धित व्यक्तिले सो सम्बन्धी राय सुझाव पेश गर्दा प्राधिकरणको आधिकारिक इमेल ठेगानामा पठाउन सकिनेछ ।

