नेपाल इन्स्योरेन्सले घटायो हकप्रद सेयरको अनुपात, अब कति निष्कासन गर्नेछ ?
काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयरको अनुपात घटाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात हकप्रद सेयरको अनुपात घटाउने निर्णय गरेको हो । कम्पनीले यसअघि १०ः४ अनुपातमा रु. १०० अंकित दरका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको थियो । तर अब भने कम्पनीले १०ः ३.४७८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।