इजरायल–इरान युद्धका कारण सामुन्द्रिक बीमाको शुल्क वृद्धि
काठमाण्डौ । इजरायल–इरान युद्धको प्रभाव बीमा क्षेत्रमा समेत पर्न थालेको छ । मध्यपूर्वका यी दुई देशबीचको युद्धका कारण लाल सागर र र्पिर्सयन गल्फ भएर आवतजावत गर्ने पानी जहाजको सामुन्द्रिक बीमाको शुल्क वृद्धि भएको छ । सामुन्द्रिक बीमकहरुले पानी जहाजहरुलाई जहाजको मूल्यांकनको ०.२ प्रतिशत शुल्क लिने गरेका छन् । जुन यसअघिको ०.१२५ प्रतिशतभन्दा बढी हो ।