नेपाल रि: दायीत्वले थला पर्ने अवस्था, तर खेलाडी चाहिँ सेयरमूल्य बढाउँदै सोझालाई भिडाउने खेलमा !
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा मच्चिएको विध्वंशका कारण नेपालको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये सबैभन्दा ठूलो झट्का नेपाल पुनर्बिमा कम्पनी(नेपाल रि)लाई लागेको छ । आन्दोलन र विध्वंशका कारण क्षति भएका सम्पत्तिहरुको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म २२ अर्बभन्दा बढीको दाबी परिसकेको छ । यति ठूलो दाबीभुक्तानीमध्ये सम्बन्धित निर्जीवन बीमा कम्पनीहरुको भागमा...

