मंगलवार, जेष्ठ ५,२०८३ 09:27:26
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:27:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि दबाब नदिन बोर्डको आग्रह

Laxmi Sunrise Bank Limited
बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि दबाब नदिन बोर्डको आग्रह
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको छ । बोर्डले आज एक सार्वजनिक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले अधिकतम प्रयास गरिरहेको बताउँदै बोर्डले समस्त सेवाग्राहीहरुलाई स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको छ ।

साथै, सेवा प्रदायकहरुले पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार प्रचलित कानून तथा बोर्डले निर्माण गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रको कार्यान्वयन गरी स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न बोर्डले आग्रह गरेको छ ।

Bizshala
New Office
CG Motors

हाल स्वास्थ्य बीमा सेवा लिनु पर्दा असहजता देखिएका वा अस्थायी रूपमा सेवा अवरुद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पुनः सञ्चालनमा ल्याउन बोर्डले निरन्तर पहल तथा छलफल गरिरहेको जानकारी दिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझ सशक्त, थप व्यवस्थित, प्रभावकारी एवम् नागरिक मैत्री बनाउन बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

सीमित स्रोतसाधन तथा केही संरचनागत चुनौतीका बाबजुद पनि कार्यक्रम मार्फत दैनिक करिब ५० हजार नागरिकहरूले स्वास्थ्य सेवा प्राप्त गरिरहेको बोर्डले जनाएको छ । जसका कारण दैनिक औसत ८ करोड रुपैयाँ बराबरको आम नागरिकको गोजीबाट हुने खर्च जोगिँदै वित्तीय सुरक्षा सुनिश्चित भइरहेको बोर्डको भनाई छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.