मंगलवार, जेष्ठ ५,२०८३ 02:25:09
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:25:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१० महिनामा भद्रपुर राजस्व कार्यालयले उठायो रु ३ अर्ब ६१ करोड राजस्व, लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन

Laxmi Sunrise Bank Limited
१० महिनामा भद्रपुर राजस्व कार्यालयले उठायो रु ३ अर्ब ६१ करोड राजस्व, लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व सङ्कलन
Shivam Cement

काठमाण्डौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।  

कार्यालयका अनुसार यो रकम उक्त अवधिका लागि निर्धारण गरिएको कुल लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो । 

Bizshala
New Office
CG Motors

अपेक्षित राजस्व सङ्कलन नहुँदा लक्ष्य र वास्तविक सङ्कलनबीच उल्लेख्य अन्तर देखिएको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तय गरिएको थियो ।  

तर, आर्थिक गतिविधिमा देखिएको सुस्तता, बजार कारोबारमा आएको कमी, उद्योग–व्यवसायमा परेको प्रभाव तथा करदाताको भुक्तानी क्षमतामा आएको गिरावटका कारण लक्ष्यअनुसार राजस्व उठ्न नसकेको कार्यालयको भनाइ छ ।

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार पछिल्लो समय आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान हुन नसक्दा राजस्व सङ्कलनमा प्रत्यक्ष असर परेको छ ।  

उनले केही क्षेत्रबाट राजस्व सङ्कलनमा सुधार देखिए पनि समग्र लक्ष्य हासिल गर्न अझै चुनौती रहेको बताए ।  

उनका अनुसार बजारमा लगानी विस्तार, व्यापारिक कारोबार र उपभोग वृद्धिसँगै राजस्व वृद्धि हुने अपेक्षा गरिएको भएपनि आर्थिक मन्दीको प्रभाव अझै कायम रहेको छ ।

कार्यालयका अनुसार वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो ।

तर, सो अवधिमा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र राजस्व उठेको छ ।  

मासिक लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसक्दा वार्षिक लक्ष्य प्राप्तिमा समेत दबाब बढ्दै गएको कार्यालयले जनाएको छ ।

राजस्व शीर्षकअनुसार हेर्दा आयकरबाट सबैभन्दा बढी रकम सङ्कलन भएको छ ।

चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म आयकर शीर्षकबाट रु एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।  

 

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु एक अर्ब २८ करोड ८० लाख १० हजार राजस्व उठेको छ भने अन्तःशुल्क शीर्षकबाट रु ४९ करोड ९७ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ ।

कार्यालयले करदाताको दायरा विस्तार गर्न विभिन्न अभियान सञ्चालन गरिरहेको जनाएको छ ।  

कर चुहावट नियन्त्रण, नियमित बजार अनुगमन, व्यवसायहरूको निगरानी तथा कर शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको कार्यालयले जानकारी दिएको छ ।  

व्यवसायी तथा सेवाग्राहीलाई समयमै कर बुझाउन प्रोत्साहन गर्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको जनाइएको छ ।

यसैबीच, कर प्रशासनलाई थप आधुनिक र पारदर्शी बनाउन डिजिटल प्रणालीको प्रयोग बढाइएको कार्यालयले जनाएको छ ।  

कर विवरण अनलाइनमार्फत पेश गर्ने व्यवस्था, विद्युतीय भुक्तानी प्रणाली तथा डिजिटल सेवा विस्तारले करदातालाई सहजता मिलेको कार्यालयको दाबी छ ।  

साथै, कर प्रशासनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम लागू गरिएको बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आगामी महिनाहरूमा राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन निगरानी, अनुगमन र कर प्रशासन सुधारका कार्यक्रमलाई तीव्रता दिने जनाएको छ ।  

राजस्व सङ्कलन सरकारको विकास निर्माण, सार्वजनिक सेवा प्रवाह तथा समग्र आर्थिक व्यवस्थापनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले लक्ष्यअनुसार राजस्व वृद्धि गर्न विशेष पहल गरिने कार्यालयले स्पष्ट पारेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.