हुलदङ्गाबाट भएको क्षतिमा झण्डै ५ करोडको बीमा दाबी, सबैभन्दा बढी सम्पत्ति र मोटर बीमामा
काठमाण्डौ । गत चैत १५ गते काठमाण्डौमा भएको हुलदङ्गाको कारणले भएको क्षतिबाट झण्डै ५ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कुल ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ करोड ८७ लाख ६८ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो । प्राधिकरणका अनुसार हालसम्म ०.०९ प्रतिशत मात्रै दाबी भुक्तानी भएको छ । ११ बीमा कम्पनीमा दाबी परेपनि हालसम्म शिखर इन्...