आईतवार, जेष्ठ ३,२०८३ 08:08:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:08:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीको खातामा आजै लाभांश वितरण

Laxmi Sunrise Bank Limited
सिटिजन लाइफको वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीको खातामा आजै लाभांश वितरण
Shivam Cement

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अनुसार सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा उक्त सभा आज सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Bizshala
New Office
CG Motors

सभामा अध्यक्षको मन्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल गरी पारित गरिएको छ ।

साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू समेत स्वीकृत गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण समितिको सिफारिस अनुसार बाह्य लेखापरीक्षक नियुक्त गर्न पारित गरिएको छ । वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।

सभामा बीमा ऐन, २०७९ अनुसार स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै सञ्चालक समिति सदस्यहरूको सेवा–सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरू समेत अनुमोदन गरिएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.