आईतवार, जेष्ठ ३,२०८३ 08:47:14
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:47:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सन नेपाल लाइफद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण
Shivam Cement

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–१ स्थित हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ३८ जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनबहादुर खत्रीले बीमा भनेको दुःखको सारथी भएको उल्लेख गर्दै चिसो मौसममा विद्यार्थीहरूको अध्ययन वातावरण सहज बनाउने उद्देश्यले न्यानो कपडा वितरण गरेकोमा सन नेपाल लाइफ इन्स्योरेन्सप्रति धन्यवाद व्यक्त गरे ।

त्यस्तै, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चुराबहादुर खत्रीले कठ्याङ्ग्रिँदो चिसोमा विपन्न विद्यार्थीहरूलाई लक्षित गरी गरिएको सहयोगले समाजमा कम्पनीको न्यानो उपस्थिती झल्किएको भन्दै आभार प्रकट गरे ।

Bizshala
New Office
CG Motors

इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले सन नेपाल लाइफ इन्स्योरेन्सले यसअघि पनि सडक बालबालिका तथा आगलागीबाट प्रभावित करिब ४५ परिवारलाई कपडा वितरण गरेको स्मरण गर्दै, यस वर्ष पनि चिसोका कारण अध्ययनमा अवरोध नहोस् भन्ने उद्देश्यले गरिएको सहयोग प्रशंसनीय रहेको बताए। उनले बीमा सुरक्षासँगै स्वरोजगार सिर्जनामा समेत योगदान पुर्‍याएको उल्लेख गर्दै पालिकाले बीमा प्रवर्द्धनमा आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै कम्पनीका लुम्बिनी प्रदेश क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्न पाउँदा खुशी लागेको बताए। उनले सन नेपाल लाइफ समुदायको अभिन्न अंग भएकाले सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय सरकारले योजना निर्माण गर्दा बीमालाई समावेश गरेमा भविष्यका आपत्–विपत् व्यवस्थापन गर्न सहज हुने सुझाव दिए। 

साथै, कम्पनीले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा १० लाख वृक्षारोपण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

Garima Development Bank
Shivam Cement
IME remit

कम्पनीका गुल्मी शाखा प्रबन्धक नविन अर्यालले बीमाको मूल मर्म अप्ठ्यारो अवस्थामा परेकालाई उद्धार गर्नु भएको उल्लेख गर्दै सन नेपाल लाइफले देशभर ७७ जिल्लामा १४० शाखामार्फत सेवा प्रदान गर्दै समाजलाई सुरक्षित बनाउने कार्यमा सक्रिय रहेको बताए।

कार्यक्रममा इस्मा गाउँपालिका–१ का वडाध्यक्ष शेरबहादुर कुँवर, वडा नं. ३ का वडाध्यक्ष ज्योतिराज कुँवर, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, रेडक्रस सर्कलका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी तथा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.