काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा जीवन बीमा कम्पनीहले १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका छन् ।
यो प्रिमियम गत आवको सोही अवधिसम्मको तुलनामा १२.६२ प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा जीवन जीवन बीमकहरुले १ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।
यस अवधिसम्म आइपुग्दा सबै जीवन बीमकको व्यवसाय उल्लेख्य बढेको छ । सबैभन्दा बढी प्रिमियम भित्र्याउनेमा भने नेपाल लाइफ रहेको छ । कम्पनीले ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम भित्र्याएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १२।५३ प्रतिशत बढी हो ।
त्यस्तै, नेशनल लाइफले २२ अर्ब २१ करोड, एलआइसी नेपालले १८ अर्ब ४८ करोड, हिमालयन लाइफले १५ अर्ब ७९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड, सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड, एशियन लाइफले ८ अर्ब ७१ करोड, सिटिजन लाइफले ७ अर्ब ५९ करोड, सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड, मेट लाइफले ६ अर्ब १० करोड, आइएमई लाइफले ६ अर्ब ७१ करोड, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड, रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड र सन नेपाल लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।
गत आवको तुलनामा सर्वाधिक व्यवसाय ग्रोथ गर्ने कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको व्यवसाय ३०.७९ प्रतिशतले बढेको छ ।


