धितोपत्र बोर्डको अध्यक्ष छनौटको पुरानै प्रक्रिया ब्यूँताइयो, अनुपस्थित ३ जनालाई प्रस्तुतीकरणमा बोलाइयो
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदका लागि स्थगित पुरानो प्रक्रियालाई नै निरन्तरता दिइएको छ । सोही बमोजिम व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्तामा छुटेका तीनजना उम्मेद्वारहरुको नाममा पुनः सूचना प्रकाशित गरिएको छ । अर्थमन्त्रालयले गठन गरेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस...

