बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?
काठमाण्डौ । आज पनि सेयर बजारमा दिनभरजसो उतारचढाव कायम नै रह्यो । पछिल्लो समय ३ हजारबाट करेक्सन आएको बजारमा आज पनि करेक्सन आयो । बजार घट्दै जाँदा भोल्युम पनि घट्दै गएको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । केही समय पहिले अपर ब्याण्डसँगै हिंडेको बजार आज मध्य ब्याण्डबाट...

