फागुन १२ गतेदेखि आईपीओ जारी गर्न लागेको पाल्पा सिमेन्टको नाफा ७२% ले घट्यो, कस्तो वित्तीय अवस्था ?
काठमाण्डौ । आम सर्वसाधारणका लागि फागुन १२ गतेदेखि आईपीओको बिक्री आवेदन खुलाउन लागेको पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको नाफामा संकुचन आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार समीक्षा अवधिमा कम्पनीको नाफामा ७२.९६ प्रतिशतको गिरावट आएको छ ।बिक्री आम्दानीमा कमी आउनु नै कम्पनीको नाफामा गिरावटको प्रमुख कारक बनेको देखिएको छ । कम्पनीले...

