प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
काठमाण्डौ । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाण्डौमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् । काठमाण्डौको माइतीघर मण्डलामा स्वतःस्फूर्त भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका...

