एनआईसी एशिया लघुवित्तद्वारा बारा घटनाको भर्त्सना, तोडफोडमा संलग्नलाई कारवाहीको माग
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बाराको परवानीपुर शाखा कार्यालयमा भएको तोडभोडको घटनाको भर्त्सना गरेको छ । संस्थाले एक प्रेस विज्ञप्ती जारी गर्दै जेठ १ गते मंगलबारका दिन दिउँसो करिब १ः१० बजे संस्थाको शाखा कार्यालय परवानीपुर, बारामा भएको तोडभोड र अराजक कार्यको भर्त्सना गर्दै कारवाहीको माग गरेको छ । ‘करिब २०–३० जनाको अराजक समूहले शाखा कार्यालय...

