बिहीबार, असार ५,२०८२ 01:44:26
  • बिहीबार, असार ५,२०८२ 01:44:26
Global IME Bank Limited

निजी क्षेत्रमैत्री वातावरण बनाउन सांसदहरुको प्रतिबद्धता, अर्थमन्त्री भन्छन्-'काम गर्न बाधा नपुग्ने गरी नीति बनाइन्छ'

Hyundai Nepal
निजी क्षेत्रमैत्री वातावरण बनाउन सांसदहरुको प्रतिबद्धता, अर्थमन्त्री भन्छन्-'काम गर्न बाधा नपुग्ने गरी नीति बनाइन्छ'
Nabil Bank Limited

काठमाण्डौ । संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले निजी क्षेत्र मैत्री नीति निर्माण आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार राजधानीमा आयोजित उक्त कार्यक्रममा उपस्थित एकसयभन्दा बढी सांसदहरुले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने प्रतिबद्धता जनाएका हुन् ।  

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री बिष्णु पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण गरेसम्म परिवर्तन सम्भव नरहेको बताए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै उनले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको बताए ।  

निरन्तर निजी क्षेत्रसँग सम्वाद गरी उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको बताए।  

साथै, अर्थमन्त्री पौडेलले आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरीय सुधार आयोगले अध्ययन गरी अल्प, मध्य र दीर्घकालीन सुधार गर्ने बताए । साथै सरकारले बनाउने कुनै पनि कानुन एकोहोरो ढंगले लाद्ने क्रममा नरहेको बताए ।

महासंघले संसदमा बिचाराधीन र निजी क्षेत्र सम्बद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रुपमा उद्यमी व्यवासीका सुझाव प्रस्तुत गरेको थियो ।  

विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संसोधनले वातावरण तयार पारेको बताए । उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको बताए ।  

पहिले निजी क्षेत्र बजेटमा सुझाव दिने मात्रै रहेकोमा हाल महासंघले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झक्याइरहेको बताए ।  

उर्जामन्त्री दीपक खडकाले संसदमा बिचाराधीन विद्युत र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भइरहेको बताए । उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारण लाइन लगायतमा निजी क्षेत्रको प्रवेशका बिषयमा पनि सरकारले छलफल गरिरहेको बताए ।  

संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंक वित्तिय संस्था सम्बन्धी लगायतका कानुनमा छलफल भैरहेको बताउँदै यसमा वृहत छलफल गरी निर्णय गरिने बताए ।  

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताए । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्वाध काम गर्नसक्ने वातावरण बनाउनुपर्ने बताए ।  

कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला समितिले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताए ।  

नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले निजी सामाजिक न्यायसहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आप्mनो पार्टी सधैं तयार रहेको बताए ।  

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले परम्परागत रुपमै उद्यमी व्यवसायीको मान कम हुने गरेको र अहिले पनि सोही प्रवृत्ति रहेको बताए । निजी क्षेत्रलाई काम गर्ने वतावरण बनाउन निजी क्षेत्रलाई मर्यादा क्रममा समावेश गरी व्यवसायीको मनोबल बढाउनुपर्ने बताए ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराए । निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखिनै सकिएको बताउँदै अध्यक्ष ढकालले कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न नहुने बताए ।

यसैगरी, लगानी र उत्पादन निरुत्साहित हुने गरी कानून नबनोस् भनेर कार्यक्रम आयोजना गरी सुधारको पहल गरिएको बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.