सरकारले प्रचण्ड पत्नी सीता दाहालको नाममा कलेज खोल्ने
काठमाण्डौ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)की दिवंगत पत्नी सीता दाहालको नाममा कलेज खोल्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सीता दाहालको नाममा नेचुरोपेथी एण्ड यौगिक साइन्स कलेज खोल्ने घोषणा गरेका हुन् ।

