इप्पानले डाक्यो साधारण सभा, के–के छन् अजेण्डामा ?
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले वार्षिक साधारण सभा डाकेको छ । इप्पानको २२ औं साधारण सभा आगामी जेठ ४ गते शुक्रबारका दिन नयाँ बानेश्वरमा रहेको एभरेष्ट होटलमा बिहान ९ बजे आयोजना हुने भएको हो । उक्त सभामा गत आव २०७९/८० का लागि कार्यकारिणी समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै गत आवको लेखापरीक्षकको प्रतिवेदनमाथि...

