चितवनमा ३ घण्टामा २० प्रतिशत मत खस्यो
काठमाण्डौ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा चितवन जिल्लाभर ३ घण्टासम्म करिब २० प्रतिशत मत खसेको छ। बिहान १० बजेसम्म कुल मतदातामध्ये करिब ८८ हजार मत खसेको हो ।
TRENDING
काठमाण्डौ । आज बिहान ७ बजेबाट सुरु भएको मतदानमा चितवन जिल्लाभर ३ घण्टासम्म करिब २० प्रतिशत मत खसेको छ। बिहान १० बजेसम्म कुल मतदातामध्ये करिब ८८ हजार मत खसेको हो ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ मा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। बिहान १० बजेसम्म पनि कुनै मतदाता मतदान गर्न केन्द्रमा नपुगेको प्रशासनले जनाएको छ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किरहेको छ।
काठमाण्डौ । कतारको गृह मन्त्रालयले दोहामा रहेको अमेरिकी दूतावास नजिक बसोवास गर्ने बासिन्दालाई अस्थायी सुरक्षात्मक उपायको रूपमा सुरक्षित स्थानमा सार्न सुरु गरिएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपयुक्त आवास व्यवस्था गरिसकिएको र यो आवश्यक सुरक्षात्मक कदमको अंश भएको जनाएको छ ।यो कदम यस साता साउदी अरब, कुवेतका अमेरिकी दूतावास र दुबईको अमेरिकी कन्सुलेटमा...
दार्चुलाको अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला मावि मतदान केन्द्रमा मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन। स्थानीय मतदाता मतदानका लागि केन्द्रमा उपस्थित नभएपछि मतदान थाल्न नसकिएको हो।
प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा देशका विभिन्न स्थानमा केही तनावपूर्ण घटना भएका छन्। दोलखामा विवादपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ भने उदयपुरमा प्रहरी जवानले बोकेको बन्दुक अकस्मात पड्किँदा मतपेटिकामा क्षति पुगेको छ।दोलखाको मालुस्थित मतदान केन्द्रमा मतदाताबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। निर्वाचनका लागि खटिएका...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाण्डौको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारी समेत भएको बताए। उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा व्यक्त गरे। त्यस्तो नेतृत्वबाट स्थिर नीति,...
काठमाण्डौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन्। उनले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
काठमाण्डौ । परराष्ट्रमन्त्री बालानन्द शर्माले हालको निर्वाचनमा लोकतन्त्र जोगाउनु अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन्। उनले भने, ‘देश, राजनीतिक दल र जनताले अब एकजुट भएर यो निर्वाचनमार्फत परिणाम ल्याउने अवस्था तयार पारेका छन्। यदि हामी आफैंले समाधान खोज्दैनौं भने अरू कसैले हामीलाई सहयोग गर्ने छैन।’
मतदानपछि रविन्द्र मिश्रले भने, ‘जित हुनेमा ढुक्क। राम्रो काम गर्न सकुँ !’
काठमाण्डौ । मध्यपुर थिमीका ४ वटा मतदान केन्द्र पूर्ण रूपमा महिलाद्वारा सञ्चालित रहेका छन् । भक्तपुर–२ निर्वाचन क्षेत्रमा कार्यरत निर्वाचन अधिकृत राधिका सुवालले चार मतदान केन्द्र पूर्ण रूपमा महिलाहरूको नेतृत्वमा सञ्चालन भइरहेको जानकारी दिइन्। उनले भनिन्, ‘सुरक्षाकर्मी समेत महिला छन् र यो मतदान केन्द्रले नमुना प्रस्तुत गरेको छ ।’
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी( का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ वर्षपछि मतदान गरेका छन् । विप्लवले परिवर्तन गाउँपालिका–३, थुनिकोटस्थित श्री बाल शिक्षा माध्यमिक विद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन्।
काठमाण्डौ । निर्वाचन आयोगले मतदातालाई मतदानस्थलमा पुगेर मतदान गर्न रोक लगाउन नहुने स्पष्ट निर्देशन जारी गरेको छ। आयोगका अनुसार, कुनै पनि व्यक्तिले मतदाताको मतदान अधिकारमा बाधा पुर्याउन, मतदान स्थलसम्म जाने बाटो अवरुद्ध गर्न वा मतदान प्रक्रियामा रोक लगाउन पाउने छैन।
प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । धापासी निमावि, फैमालचुली केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
काठमाण्डौ । नेपालमा आज देशव्यापी निर्वाचन सुरु भए पनि दार्चुला र बझाङका केही दुर्गम मतदान केन्द्रमा मतदाता उपस्थित भएका छैनन्। मतदान सुरु भएको करिब डेढ घन्टा बितिसक्दा पनि यी क्षेत्रका मतदाता केन्द्रमा आएका छैनन्।
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान हुने दिनमा पालना गर्नुपर्ने नियम र निषेधका बारेमा स्पष्ट निर्देशन जारी गरेको छ।आयोगका अनुसार, मतदान हुने दिन मतदान सुरु हुनुभन्दा तीन घण्टा अघि देखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा कार्यरत कर्मचारीलाई बाधा पुर्याउने काम, डर वा त्रास सिर्जना गर्ने कार्य गर्न वा मतदान...
काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनको मतगणना स्थलमा अनधिकृत व्यक्तिहरू प्रवेश नगर्न कडा चेतावनी दिएको छ। आयोगका अनुसार उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिले मतगणना स्थलमा प्रवेश गर्नु कानूनविपरीत हुनेछ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी मतदान गर्दै
सर्लाही । सर्लाही क्षेत्र नं. ४ मा मतदान सुरु भएको केही समयमै तनावको अवस्था सिर्जना भएको छ।बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदाताबीच विवाद भएपछि स्थिति केहीबेर तनावग्रस्त बनेको हो।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.