मंगलवार, जेष्ठ ५,२०८३ 09:23:04
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:23:04
महँगो विश्वकप टिकटः के फिफाले आफैंलाई ‘सेल्फ गोल’ हानेको हो ?
OFF THE BEAT

महँगो विश्वकप टिकटः के फिफाले आफैंलाई ‘सेल्फ गोल’ हानेको हो ?

काठमाण्डौ । सन् २०२६ मा हुने २३औँ फुटबल विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुने तयारीमा छ। पहिलो पटक ४८ टोली सहभागी हुने यस प्रतियोगितामा अमेरिका, क्यानडा र मेक्सिकोका विभिन्न सहरमा सयभन्दा बढी खेल सञ्चालन हुनेछन्। तर प्रतियोगिता विस्तारसँगै टिकट मूल्यमा भएको तीव्र वृद्धि भने विश्वभरका फुटबल समर्थकबीच विवादको विषय बनेको छ।युरोपका समर्थक समूह ‘फुटबल सपोर्...

पश्चिम एसियामा रहेका नेपालीहरू सुरक्षित, आपतकालीन अवस्थाका लागि रेसपोन्स टिम गठन
NEWS

पश्चिम एसियामा रहेका नेपालीहरू सुरक्षित, आपतकालीन अवस्थाका लागि रेसपोन्स टिम गठन

काठमाण्डौ । सरकारले पश्चिम एसियामा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको जानकारी दिएको छ। साउदी अरेबिया, यूएई, कतार, कुवेत, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरू कुनै ठूलो जोखिममा नभएको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा जनाएको छ।मन्त्रालयका अनुसार, सम्बन्धित देशमा रहेका नेपाली दूतावास र नियोगहरूले पठाएका प्रतिवेदनको आधारमा सुरक्षित रहेको पुष्टि भएको हो।

मध्यपूर्वी संकटबीच यूएई र कतारले गरे भिसा राहतको घोषणा
NEWS

मध्यपूर्वी संकटबीच यूएई र कतारले गरे भिसा राहतको घोषणा

काठमाण्डौ । मध्यपूर्वी क्षेत्रमा हाल सिर्जना भएको तनावबीच युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारले आफ्ना देशमा रहेका नेपाली नागरिकका लागि विशेष भिसा राहतको व्यवस्था गरेको छ।यूएईस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै भिसाको म्याद सकिए पनि (ओभरस्टे) यूएईमै बस्नु परेका नेपालीहरूलाई अतिरिक्त जरिवाना नलाग्ने जनाएको छ। दूतावासले यसबारे संयमता अपनाउन र आफ्नो अवस्था अनलाइन...

निगमको दुबई उडान दुई दिनका लागि रद्द
NEWS

निगमको दुबई उडान दुई दिनका लागि रद्द

काठमाण्डौ । नेपाल वायुसेवा निगमले १९ र २० गतेका काठमाण्डौ–दोहा–काठमाण्डौ उडानहरू रद्द गरेको जनाएको छ। निगमका अनुसार इरान, अमेरिका र इजरायलबीच बढ्दो द्वन्द्वका कारण सिर्जित परिस्थितिका कारण यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।

बेलायतको प्रतिबद्धता : फागुन २१ पछि बन्ने सरकारसँग सहकार्य गर्न तयार
NEWS

बेलायतको प्रतिबद्धता : फागुन २१ पछि बन्ने सरकारसँग सहकार्य गर्न तयार

काठमाडौं । संयुक्त अधिराज्य बेलायतले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ सरकारसँग सहकार्य गर्न आफू तयार रहेको जनाएको छ ।

वीरगन्ज नाकाबाट सात महिनामा ५ खर्ब १९ अर्बभन्दा बढीको आयात
NEWS

वीरगन्ज नाकाबाट सात महिनामा ५ खर्ब १९ अर्बभन्दा बढीको आयात

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा वीरगन्ज नाकामार्फत ५ खर्ब १९ अर्ब १ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् करिब १२ प्रतिशतले बढी हो।गत आर्थिक वर्षको सात महिनामा ४ खर्ब ६० अर्ब २३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

सुनको मूल्य तोलामा रु.८ हजार बढ्यो, तोलाको कति ?
NEWS

सुनको मूल्य तोलामा रु.८ हजार बढ्यो, तोलाको कति ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ ।  

तेल ढुवानी खर्च हालसम्मकै उच्च
NEWS

तेल ढुवानी खर्च हालसम्मकै उच्च

काठमाण्डौ । मध्यपूर्वबाट चीनतर्फ कच्चा तेल ढुवानी गर्न प्रयोग हुने सुपरट्यांकर भाडा ऐतिहासिक उच्च तहमा पुगेको छ। लण्डन स्टक एक्सचेञ्ज ग्रुपका तथ्यांकअनुसार  यस्ता ठूला तेलवाहक जहाज भाडामा लिन अहिले ४ लाख अमेरिकी डलर भन्दा बढी खर्च लागिरहेको छ।यो दर गत साता अमेरिकाले इरानमाथि आक्रमणको चेतावनी दिएयता झण्डै दोब्बर भएको हो।

पेट्रोलियम पदार्थको  अनावश्यक भण्डारण नगर्न निगमको आग्रह
NEWS

पेट्रोलियम पदार्थको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाण्डौ । नेपाल आयल निगमले आसन्न निर्वाचनलाई लक्षित गर्दै इन्धन अभावको हल्ला नचलाउन र अनावश्यक भण्डारण नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। निगमले पेट्रोलियम पदार्थको आयात र वितरण दुवै नियमित रहेको स्पष्ट पार्दै बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिन जिम्मेवार व्यवहार आवश्यक रहेको जनाएको हो।निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी सूचनामार्फत...

मौन अवधिमा अनुशासन र संयमित प्रचार गर्न प्रधानमन्त्री कार्कीको आग्रह
ECONOMY& POLITICS

मौन अवधिमा अनुशासन र संयमित प्रचार गर्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न तथा त्यसअघि संयमित र मर्यादित ढंगले प्रचार–प्रसार गर्न आग्रह गरेकी छन् ।देशबासीका नाममा सम्बोधन गर्दै उनले निर्वाचन प्रक्रियामा खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय तथा राष्ट्रसेवक कर्मचारीप्रति विशेष धन्यवाद व्यक्त गरिन्।...

मौन अवधि आज रातिदेखि सुरु हुने
NEWS

मौन अवधि आज रातिदेखि सुरु हुने

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारहरूले सोमबार प्रचारप्रसार गर्ने अन्तिम अवसर पाउने भएका छन्।निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहने व्यवस्था छ। यस अवधिमा...

आज होली पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज होली पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । रंगहरुको पर्व होलीको आज काठमाण्डौ उपत्यका लगायत देशका पहाडी जिल्लाहरुमा धुमधामका साथ मनाइदैछ । हिन्दु समुदायमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीको विशेष महत्व रहेको छ ।वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको रुपमा मनाइने यो पर्व पुराना तिक्ततालाई  भुली सम्बन्ध प्रगाढ बनाउने पर्वका रुपमा लिइन्छ ।   

निर्वाचनको समयमा आयल निगमका डिपो खुला रहने
NEWS

निर्वाचनको समयमा आयल निगमका डिपो खुला रहने

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनको तयारीबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने निर्णय गरेको छ।सरकारले २०–२२ फागुनसम्म देशभर सार्वजनिक बिदा दिने निर्णय गरेसँगै, निगमले मतदाता र आम नागरिकलाई इन्धनको अभाव नहोस् भनी विशेष व्यवस्थाको तयारी गरेको हो।

भावी प्रधानमन्त्रीको खोजी: काठमाण्डौ उपत्यकामा बालेन पहिलो रोजाइ, गगन र कुलमान बराबरीमा, ओली र हर्क पछाडि
ECONOMY& POLITICS

भावी प्रधानमन्त्रीको खोजी: काठमाण्डौ उपत्यकामा बालेन पहिलो रोजाइ, गगन र कुलमान बराबरीमा, ओली र हर्क पछाडि

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका मतदाताले भावी प्रधानमन्त्रीका रूपमा नयाँ अनुहारलाई प्राथमिकता दिएको संकेत देखिएको छ। बिजशालाले काठमाण्डौ, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूमा गरेको स्थलगत जनमत सर्वेक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सर्वाधिक लोकप्रिय प्रधानमन्त्रीको विकल्पका रूपमा अगाडि देखिएका छन्।पछिल्ला केही दिनयता बिजशालाका...

सरकारद्वारा खाडी मुलुकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
NEWS

सरकारद्वारा खाडी मुलुकको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ। मध्यपूर्वमा विकसित हुँदै गएको युद्धजन्य अवस्थालाई मध्यनजर गर्दै सरकारले खाडी तथा प्रभावित मुलुकतर्फ जाने कामदारका लागि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबीच चर्किएको द्वन्द्वले सुरक्षा जोखिम बढेपछि श्रम स्वीकृति प्रक्रिया रोकिन पुगेको हो। पछिल्ला दिनमा इरानले क्षेत्रीय रूपमा रहेका अमेरिकी...

फेरि पक्राउ परे दुर्गा प्रसाईं
NEWS

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाण्डौ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई आज बिहान जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ।

फागुन २० को मध्यरातदेखि लामो तथा मध्यम दुरीका सवारी बन्द हुने
NEWS

फागुन २० को मध्यरातदेखि लामो तथा मध्यम दुरीका सवारी बन्द हुने

काठमाण्डौ । आसन्न निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ ५ बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। निर्वाचन आयोगको निर्णयअनुसार उक्त अवधिमा लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने भएका हुन्।

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
NEWS

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाण्डौ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।

काठमाण्डौमा रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन
NEWS

काठमाण्डौमा रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाण्डौ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ।

काँकडभिट्टा नाकाबाट सात महिनामा ११ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
NEWS

काँकडभिट्टा नाकाबाट सात महिनामा ११ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टा बाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।मेची भन्सार कार्यालयकाका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको हो।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ आयात ६० करोड २० लाख १० हजार...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.