मंगलवार, फाल्गुन १९,२०८२ 08:29:41
Bizshala
  • मंगलवार, फाल्गुन १९,२०८२ 08:29:41
Bizshala
Global IME Bank Limited

पश्चिम एसियामा रहेका नेपालीहरू सुरक्षित, आपतकालीन अवस्थाका लागि रेसपोन्स टिम गठन

Hyundai Nepal
पश्चिम एसियामा रहेका नेपालीहरू सुरक्षित, आपतकालीन अवस्थाका लागि रेसपोन्स टिम गठन
Shivam Cement

काठमाण्डौ । सरकारले पश्चिम एसियामा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको जानकारी दिएको छ। साउदी अरेबिया, यूएई, कतार, कुवेत, ओमान, बहराइन लगायतका देशमा रहेका नेपालीहरू कुनै ठूलो जोखिममा नभएको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलनमा जनाएको छ।

मन्त्रालयका अनुसार, सम्बन्धित देशमा रहेका नेपाली दूतावास र नियोगहरूले पठाएका प्रतिवेदनको आधारमा सुरक्षित रहेको पुष्टि भएको हो।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख सहसचिव रामकाजी खड्काले पश्चिम एसिया नेपालका लागि कूटनीति र श्रम आप्रवासनका दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र भएको बताए। उनले भने, “त्यहाँ रहेका अधिकांश नेपाली सुरक्षित छन् र सम्बन्धित देशका सरकारहरूले विदेशी नागरिकको सुरक्षा उच्च प्राथमिकतामा राखेका छन्।”

इमर्जेन्सी रेस्पोन्स टिम गठन

सहसचिव खड्काका अनुसार परराष्ट्र मन्त्रीस्तरको निर्णयअनुसार परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको छ। उक्त टिममा गृह, अर्थ, कानुन, संस्कृति, पर्यटन, नागरिक उड्डयन, शिक्षा, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि रहनेछन्।

पश्चिम एसियास्थित १० वटा नेपाली नियोगहरू – तेल अवीव, दोहा, रियाद, अबुधाबी, मनामा, कुवेत सिटी, मस्कट, कायरो, जेद्दा र दुबई – नियमित ‘सिचुएसन एनालाइसिस रिपोर्ट’ पठाउने निर्देशन पाएका छन्। यस आधारमा मन्त्रालयले समन्वय गर्दै आएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

देशअनुसार अवस्था

इजरायल: नेपाली राजदूतावासको रिपोर्ट अनुसार हाल सबै नेपाली सुरक्षित छन्। हालै कुनै नयाँ आक्रमण नभएको र साइरन नबजेकोले अवस्था तुलनात्मक शान्त छ। बेथ सेमेस क्षेत्रमा ११ जनाको मृत्यु र ५८ घाइते भएको भए पनि नेपाली प्रभावित छैनन्।

कतार: नेपालीहरू सुरक्षित छन्। हवाई क्षेत्र बन्द रहेकाले ट्रान्जिटमा रहेका नेपालीहरूलाई होटलमा राखिएको छ।

साउदी अरेबिया: पूर्वी क्षेत्रको रास तनुरा रिफाइनरीमा ड्रोन आक्रमण भए पनि सानो आगलागी नियन्त्रणमा छ। रियादस्थित अमेरिकी दूतावास परिसरमा दुई ड्रोन खसेको भए पनि सामान्य क्षति मात्र भएको छ।

यूएई: अबुधाबीमा केही आक्रमणमा एक नेपालीसहित तीन विदेशी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। दुबईमा ट्रान्जिटमा रहेका करिब १०० भन्दा बढी नेपालीलाई होटलमा राखी समन्वय भइरहेको छ।

कुवेत: कुवेत र इराकमा मिसाइल तथा ड्रोन आक्रमण भए पनि नेपाली सुरक्षित छन्। १५० जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ।

ओमान: प्रत्यक्ष ठूलो प्रभाव नपरेको र सबै नेपाली सुरक्षित छन्।

जोर्डन र लेबनान: नेपालीहरू सुरक्षित छन्। जोर्डनमा करिब तीन हजार नेपाली रहेका छन् र अहिलेसम्म आपत्कालीन सहयोगको माग आएको छैन।

समन्वय र सुरक्षा पहल

सहसचिव खड्काले भने, “नेपाली नागरिकको उद्धार वा आपत्कालीन सहयोगका लागि कन्सुलर सेवा विभागले अनलाइन रजिस्ट्रेसन प्लेटफर्म तयार पारेको छ। आवश्यकता परे स्वदेश फिर्ती र अन्य सहयोगका लागि मन्त्रालयले समन्वय गर्नेछ।”

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.