काठमाण्डौ । नेपाल वायुसेवा निगमले १९ र २० गतेका काठमाण्डौ–दोहा–काठमाण्डौ उडानहरू रद्द गरेको जनाएको छ। निगमका अनुसार इरान, अमेरिका र इजरायलबीच बढ्दो द्वन्द्वका कारण सिर्जित परिस्थितिका कारण यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै उक्त निर्णय गरिएको हो।
उडान रद्दबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति निगमले क्षमायाचना गर्दै दुबई, दोहा र दमाम गन्तव्यका आगामी उडानबारे विमानस्थल आउनुअघि नै अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।
निगमले यात्रुहरूलाई आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सूचना हेर्न अनुरोध गरेको छ। अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९ वा ९८५१४२२१५६ मा सम्पर्क गर्न सकिने जनाएको छ।


