हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, अन्तिम दिनसम्म करिब १३ गुणाले ओभरसब्सक्राइब्ड
काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा अचाक्ली आवेदन परेको छ। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओ करिब १३ गुणाले ओभरसब्सक्राइब्ड भएको हो। कम्पनीले गत भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज भदौ २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।